विराटनगर । शनिबार दिउँसो विराटनगरमा भएको प्रहरी र पहिचानवादी प्रदर्शनकारीबिचको झडपका क्रममा पेट्रोल बम प्रहार गरिएको छ । प्रदर्शनकारीहरुले हानेको पेट्रोल बम लागेर तीन जना प्रहरी घाइते भएका छन् । प्रहरीले ४४ राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
आन्दोलनकारीहरूले एक जनालाई गोली लागेको दाबी गरेपनि प्रहरीले भने गोली नचलाइएको बताएको छ ।
कोशी नाम खारेजी माग गर्दै आन्दोलनका क्रममा ज्यान गुमाएका पदम लिम्बूको शव यात्राका क्रममा विराटनगरमा झडप भएको हो।
लिम्बूको शव केहीबेर प्रदेशसभा अघि राखेपछि अहिले बेलबारी लगिएको छ। उनको आजै अन्त्येष्टि हुनेछ ।