लिम्बुको शवयात्राको क्रममा विराटनगरमा झडप

न्युजलय ९ बैशाख २०८०, शनिवार ०२:३५ मा प्रकाशित

विराटनगर । पहिचानको आन्दोलनका क्रममा घाइते भइ मृत्यु भएका पदम लिम्बुको शवयात्राका क्रममा शनिबार विराटनगरमा झडप भएको छ । विराटनगरको रोडशेष चोकमा झडप भएको हो । 

पहिचान पक्षधरले कोशी नाम खारेजको माग गर्दै गत चैत ५ गते विराटनगरमा गरेको प्रदर्शनका क्रममा चोट लागी घाइते लिम्बुको उपचारको क्रममा चैत १० गते मृत्यु भएको थियो । 

आन्दोलनकारीहरुको मागबमोजिम सरकारले लिम्बुलाई सहिद घोषणा र परिवारलाई क्षतिपूर्ति दिइसकेपछि पनि आन्दोलनकारीहरुले शव उठाउन मानेका थिएनन् । वीपी प्रतिष्ठानमा राखिएको शव विभिन्न पक्षको छलफलपछि शनिबार श्रद्धान्जली यात्रा गरिएको थियो । धरान, इटहरी हुँदै विराटनगर पुगेको शव यात्राका क्रममा झडप भएको हो ।

प्रदर्शनकारीहरुले प्रदेश सरकार र मुख्यमन्त्री हिक्मत कार्कीविरुद्ध मुर्दावादको नारा लगाएका थिए ।

अहिले सुरक्षाको लागि ठूलो मात्रामा सुरक्षाकर्मीहरु परिचालन गरिएको छ ।