प्रेस सेन्टर नेपालको अध्यक्षमा विष्णु सापकोटा

न्युजलय २० मङ्सिर २०७८, सोमबार ०२:०७ मा प्रकाशित

 काठमाडौं । प्रेस सेन्टर नेपालको चौथो महाधिवेशनबाट बिष्णु सापकोटा ‘जुगल’ सर्वसम्मत रुपमा अध्यक्षमा निर्वाचित भएका छन् । मंसिर १८ र १९ गते चितवनमा सम्पन्न महाधिवेशनले सापकोटाको नेतृत्वमा १९९ सदस्यीय केन्द्रीय समिति, सल्लाहकार समिति, नीति तथा परामर्श समिति, अनुशासन समिति र लेखा समिति पनि गठन गरेको छ । 


अध्यक्ष बाहेकका अन्य पदाधिकारी भने अब बस्ने केन्द्रीय कमिटीले  निर्वाचित गर्ने जनाइएको छ । प्रेस सेन्टरको विधानअनुसार अध्यक्षसहित ३९ जनाको पदाधिकारी रहने ब्यबस्था छ ।  सम्मेलनमा देशैभरबाट ७०० जना प्रतिनिधिको उपस्थिति रहेको थियो  ।