सार्वजनिक यातायातमा जोर-बिजोर प्रणाली हट्यो

न्युजलय १५ माघ २०७८, शनिवार ०१:३९ मा प्रकाशित

काठामाडौं । काठमाडौं उपत्यकामा चल्ने सार्वजनिक सावरीमा लागू भएको जोर(विजोर प्रणाली आज मध्यरातदेखि हट्ने भएको छ ।

 

शुक्रबार बसेको उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले सार्वजनिक सवारीमा लागू भएको जोर(विजोर प्रणाली हटाउने निर्णय गरेको हो ।


निजी सवारी र ट्याक्सीहरुमा भने सो व्यवस्था कायमै रहेको छ । सो निर्णय आज मध्यरातिबाट नै लागू हुने काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी  गोविन्दप्रसाद रिजालले बताए ।


यसअघि शुक्रबार नै कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले सार्वजनिक सवारी साधनमा जोर बिजोर प्रणाली हटाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेको थियो । 


कोभिडको उच्च जोखिम कायम रहेको निष्कर्ष निकाल्दै सीसीएमसीले तत्काल सबै क्षेत्रलाई खुलाउन नसकिने निर्णय गर्दै अहिलेलाई सार्वजनिक यातायातमा कायम जोर बिजोरलाई हटाउन सिफारिस गरेको हो ।