थपिए २४६ जना कोरोना संक्रमित

न्युजलय १७ मङ्सिर २०७८, शुक्रबार १०:०४ मा प्रकाशित

काठमाडौँ । पछिल्लो २४ घण्टामा २४६ जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ४०० जनामा पीसीआर परीक्षण गर्दा २२३ जनामा संक्रमण देखिएको हो ।

१ हजार ४३६ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा संक्रमण देखिएको मन्त्रालयले शुक्रबार सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

२४ घण्टामा ३४७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा हालसम्म कोरोनाबाट ८ लाख २२ हजार १७२ जना संक्रमित भएका छन् । यस्तै, ८ लाख ३ हजार ७१६ जना संक्रमणमुक्त भएका छन् ।