रुसी सेनाद्वारा युक्रेनको एक टापु कब्जा

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार १२:०४ मा प्रकाशित

काठमाडौं । रुसी सेनाले युक्रेनको एक टापु कब्जा गरेको छ ।

युक्रेनको सीमा सुरक्षा बलले कृष्ण सागरमा अवस्थित स्नेक आइल्याण्ड कब्जा गरेको सीमा सुरक्षा बलले जानकारी दिएको छ । 

ओडेसा प्रशासनिक क्षेत्रअन्तर्गत पर्ने उक्त टापूमा तैनाथ युक्रेनका सैनिकसँगको सम्पर्क टुटेको पनि बलले जानकारी गराएको छ ।

रुसी सेनाले कब्जा गरेको स्नेक आइल्याण्डको सीमाना रोमानियासँग जोडिएको छ ।