वडाध्यक्षले आफ्नै खर्चमा बाँडे ब्ल्याङ्केट

न्युजलय २४ मङ्सिर २०८०, आइतबार ०६:२३ मा प्रकाशित

रामधुनी । रामधुनी नगरपालिका वडा नं. ५ वडाध्यक्षले अपाङ्गता भएका ४५ जना वडावासीहरुलाई ब्ल्याङ्केट बितरण गरेका छन् । 


चिसो बढेसँगै वडावासीहरुलाई राहत दिन ब्ल्याङ्केट बितरण गरेको वडा अध्यक्ष लेखनाथ बास्तोलाले जानकारी दिए । उनले आफ्नै खर्चमा ब्यांकेट वितरण गरेका हुन् ।


आइतबार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गर्दै ब्लांकेट वितरण गरेको वडा अध्यक्ष बाँस्तोलाले बताए ।