तीजको अवसरमा अनेम संघ इटहरीले गर्यो छात्राहरुलाई आर्थिक सहयोग

न्युजलय २५ भदौ २०८०, सोमबार ०५:२८ मा प्रकाशित

सुनसरी । अखिल नेपाल महिला संघ इटहरी २ नम्बर वडा कार्य समितिले तिज पर्वको अवसरमा इटहरी २ स्थित महेन्द्र माविका पाँच जना विपन्न तथा जेहन्दार छात्रालाई आर्थिक सहयोग गरेको छ ।


कक्षा १२ मा अध्यनरत कल्पना खड्का, अनिशा चौधरी, इन्दिरा मगर र कक्षा ११ मा अध्यनरत छात्रा प्रिति दर्जि र सध्या राईलाई जनही दुई हजार रुपैयाका दरले आर्थिक सहयोग गरेको हो ।


अखिल नेपाल महिला संघ नेकपा एमालेको भातृ संगठन इटहरी २ नम्बर वडा कमिटिकी अध्यक्ष मञ्जु राईको अध्यक्षता कार्यक्रम भएको थियोे ।


पछिल्लो समय तिज विकृति बढ्दै गएको हुँदा परिष्कृत बनाउन महिलाद्वारा महिलालाई  सहयोग गरिएको संघकी केन्द्रीय सदस्य रूकमिणि कोइरालाले बताइन् । छात्राहरुलाई थोरै भएपनि आर्थिक सहयोग गरी अध्ययनमा प्रोत्साहित गर्न पाएकोमा खुसी व्यक्त गरिन् ।