देशभर कोरोनाको सक्रिय संक्रमित ६ सय नाघ्यो

न्युजलय २६ असार २०७९, आइतबार ०१:४३ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा १०० बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। दुई हजार ६१५ नमूना परीक्षण गर्दा १०२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 


शनिबार ३१ जना संक्रमणमुक्त भएका छन्। सक्रिय संक्रमितको संख्या ६०५ पुगेको छ। आज ४३ हजार ५३४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन्।