थप ३ सय ५० जनामा कोरोना संक्रमण, चार जनाको मृत्यु

न्युजलय ७ फाल्गुण २०७८, शनिवार ११:०१ मा प्रकाशित

काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३ सय ५० जनामा कोरोना संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सात हजार ९६ स्वाब परीक्षण गर्दा ३५० जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको हो।

तीन हजार ५३८ को पीसीआर परीक्षण गर्दा १९८ जनामा र तीन हजार ५५८ जनाको एन्टिजन परीक्षण गर्दा १५२ जनामा कोरोना देखिएको हो।

त्यस्तै, कोरोनाबाट चार जनाको मृत्यु भएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९१७ पुगेको छ।

पछिल्लो २४ घण्टामा एक हजार २७२ जना निको भएका छन्। निको हुनेको संख्या पनि नौ लाख ५० हजार ५६ पुगेको छ। अझै १३ हजार ३५७ सक्रिय संक्रमित छन्।