काठमाण्डौ । जापानको कागोशिमा प्रान्तमा बिहीबार(आज) ६ म्याग्निच्युडको भूकम्प गएको छ ।
स्थानीय समयानुसार बिहीबार बिहान ११ः०५ बजे भूकम्प गएको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।
यसको केन्द्रविन्दु २९.४ डिग्री उत्तर अक्षांश र २० किलोमिटर गहिराईमा १२९.४ डिग्री पूर्व देशान्तरमा रहेको थियो ।
यस शक्तिशाली भूकम्पपछि अहिलेसम्म सुनामीको चेतावनी भने जारी गरिएको छैन ।