काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को लागि परीक्षा आवेदन खुला गरिएको छ ।
२०८० मा हुने एसइइको लागि राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले कात्तिक मंसिर मसान्तभित्र फारम भर्नुपर्ने जनाएको छ ।
मंसिर मसान्तभित्र फारम भर्न छुटेका विद्यार्थीले विलम्ब शुल्कसहित १५ पुसभित्र फारम भर्न भराउन सकिने कार्यालयले जानकारी दिएको छ ।
परीक्षा नियन्त्रण कार्यालय ले आगामी वर्ष एसइइमा समावेश हुनका लागि रजिष्ट्रेसन फारमको आवेदनसमेत खुला गरेको छ ।
कक्षा ९ मा साधारण, परम्परागत र प्राविधिक धारतर्फ नियमित रुपमा अध्ययनरत विद्यार्थीले मंसिर मसान्तभित्र फारम भर्न भराउन सूचित गरेको छ ।
कक्षा ९ मा अध्ययनरत नियमित विद्यार्थीले अङ्काङ्कन पद्धतिमा कक्षा ८ वा सो सरहको वार्षिक परीक्षा उत्तीर्ण भएको हुनुपर्नेछ ।
साथै अक्षराङ्कन पद्धति (२०७२–२०७७) का हकमा अनिवार्य विषयहरुमा न्यूनतम डी प्लस ग्रेड र २०७८ र २०७९ सालमा न्यूनतम ग्रेड डी प्राप्त गरेको ग्रेडसिट र जन्मदर्ता प्रमाण पत्रको प्रतिलिपि (प्रधानाध्यापकबाट प्रमाणित) अनिवार्य छ ।