म्यानमारमा हत्यापछि आधा जलेको अवस्थामा ३० वटा शव फेला

न्युजलय ११ पुस २०७८, आइतबार ०२:४९ मा प्रकाशित

 काठमाडौँ । म्यानमारको द्वन्द्वग्रस्त कायाह राज्यमा हत्यापछि आधा जलेको अवस्थामा ३० जना मानिसको शव भेटिएको छ ।

मृत्यु हुनेहरुमा महिला, बृद्धबद्धा र बालबालिकासमेत रहेको स्थानीय वासिन्दा र मानवअधिकारबादी समूहले जनाएका छन् ।

म्यानमारको द्वन्द्वका क्रममा आन्तरिक रुपमा विस्थापित व्यक्तिहरुलाई मो सो गाउँनजिक सेनाले हत्या गरी जलाएको स्थानीय मानवअधिवादी समूह कारेन्नीले जनाएको छ ।

सरकार विरोधी सशस्त्र फौजको हतियार खोसेर केही अतिवादीलाई गोली हानी हत्या गरेको म्यानमारको सेनाले जनाएको छ । ती व्यक्तिहरुलाई सात ओटा गाडीमा ओसारेर हत्या गरिएको स्थानमा लगिएको प्रत्यक्षदर्शीले जनाएका छन् ।

स्थानीय र मानवअधिकारवादी समूहले सार्वजनिक गरेको तस्विरमा आधाभन्दा बढी जलेका ३० ओटा शव देखिन्छन् ।

जलाइएको शव आफ्ना कार्यकर्ताहरुको नभएको कारेन्नी नेसनल डिफेन्स फोर्सले जनाएको छ । सो फोर्सले म्यानमारको जुन्ता सरकारको विरोध गदैै आएको छ ।