थप चार जनामा कोरोना संक्रमण पुष्टि

न्युजलय २९ बैशाख २०७९, बिहिबार १०:३८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर चारजना कोरोना संक्रमित थपिएका छन् ।

दुई हजार ८१७ वटा नमूना परीक्षण गर्दा चारजनामा संक्रमण पुष्टि भएको हो । 

आज १८ जना संक्रमणमुक्त भएका छन् ।  योसँगै देशभर सक्रिय संक्रमितको संख्या १७३ मा झरेको छ । 

आज २१ हजार १७९ जनाले कोरोना विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।