खोटाङ । हलेसी मन्दिर खुलेको चार महिनामा १२ लाख भेटी संकलन भएको छ ।
गत साउन १ गतेदेखि मंसिर सम्मको अवधिमा हलेसीमा आउने दर्शनार्थीबाट १२ लाख रुपैयाँ भेटी रकम संकलन भएको हो ।
संकलन भएको भेटीमध्ये पाँच लाख ३२ हजार खर्च गरेर बाँकी रहेको छ लाख ६८ हजार ६६ रुपैयाँ माछापुच्छ्रे बैंकको हलेसी शाखामा जम्मा गरिएको सूचना केन्द्रले जनाएको छ ।
यस अवधिमा भारु तीन हजार ९३५, चाँदी ६१.७ ग्राम, सुन ०.७ ग्राम र अमेरिकन डलर तीन जम्मा भएको जनाइएको छ ।
मन्दिरबाट संकलन भएको भेटीबाट मन्दिर वरिपरी, दिव्यध्वनी, होम भवन, मन्दिर व्यवस्थापन समितिको भवन, मन्दिरभित्र रेलिङ रंगरोगन, बसाहा थान धाराको ढल निकास, भेटी गणना, अतिथि खाजा, खानेपानीको लागि हिलटेक खरिद, सूचना प्रकाशन, विभिन्न आर्थिक सहयोग लगायतमा खर्च भएको सूचना केन्द्रले जनाएको छ ।
हिन्दु, किराँत र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र हलेसीमा स्थापना गरिएको सूचना केन्द्रले हलेसीमा विभिन्न अवधिमा संकलन भएको भेटीको मात्रा सार्वजनिक गर्दै आएको छ ।