काठमाडौँ । अहिले नेपालमा पश्चिमी वायु र छत्तिसगढमा अवस्थित न्यूनचापीय प्रणालीको कारण आंशिक प्रभाव परेको छ । जसका कारण चिसो बढेको छ ।
मौसमविज्ञान विभाग अन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कर्णाली र सुदूरपश्चिम बाहेकका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली भइरहेको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशमा भने अहिले मौसम सफा छ ।
विभागका मौसमविद्का अनुसार अहिले कोशी प्रदेशका सबै भूभाग र मधेस प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा भइरहेको छ । यो क्रम बेलुकासम्म नै रहने भनाइ छ ।
कोशी प्रदेशका उच्च हिमाली क्षेत्रमा हिमपातको समेत सम्भावना रहेको बताइएको छ । ।