झापामा एमालेको कार्यक्रममा सहभागि गाडी तोडफोड

न्युजलय २५ असोज २०८०, बिहिबार ०४:४९ मा प्रकाशित

काठमाडौं । झापामा एमाले नेता महेश बस्नेत सहभागी राष्ट्रिय युवा संघको कार्यक्रममा पहिचानवादीहरु र दुर्गा प्रसाईँका कार्यकर्ताले गाडीमा तोडफोड गरेका छन् । 


अर्जुनधारामा भएको राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशनमा सहभागि पार्किङमा राखिएका गाडीहरुमा तोडफोड गरिएको हो । 


भीडले कार्यक्रममा अवरोध प्रयाससमेत गरेको थियो ।


गाडी फुटाउने समूहको अगुवाइ गर्ने दुर्गा प्रसाईँनिकट विक्रम सुब्बा पक्राउ परेका छन् । प्रसाईँलाई मोसो दलेको विरोधमा केही दिनअघि सुब्बाले बिर्तामोडमा विरोध जुलुससमेत निकालेका थिए ।