८० लाख तिरेर अमेरिका छिरेलगत्तै पक्राउ परेका श्रेष्ठको हिरासतमै मृत्यु

न्युजलय २ मङ्सिर २०८०, शनिवार ०१:०३ मा प्रकाशित

काठमाडौं । अमेरिकाको अध्यागमन हिरासतमा एक जना नेपालीले ज्यान गुमाएका छन् ।


साढे दुई महिनादेखि हिरासतमा रहेका सिन्धुपाल्चोकका बाह्रबिसे नगरपालिका–६ का ३२ वर्षीय सुवास श्रेष्ठले टेक्सासको कर्नेस काउन्टी इमिग्रेसन प्रोसेसिङ सेन्टरमा गत सोमवार ज्यान गुमाएका हुन् । उनको मृत्युको आधिकारिक कारण भने खुलाएको छैन ।


एजेन्टलाई ८५ लाख रुपैयाँ बुझाएर उनी काठमाडौंबाट ८० भदौ ५ गते हिँडेका थिए । टर्की, स्पेन हुँदै मेक्सिको पुगेका थिए भने सेप्टेम्बर २ मा उनी मेक्सिकोबाट अमेरिकाको एरिजोनाको लुकभिल छिरेका थिए ।


उनलाई तत्काल अध्यागमनका अधिकारीले नियन्त्रणमा लिएर हिरासतमा राखेका थिए । उनलाई डिपोर्ट गर्ने तयारी थियो ।


मृतक श्रेष्ठ बाह्रबिसे नगरपालिका–६ का वडाध्यक्षका छोरा हुन् । मृतक श्रेष्ठका श्रीमती र दुई सन्तान छन् ।