शेखर कोइरालाः मैले हारे पनि मेरो एजेन्डाले जितेको छ

न्युजलय १० पुस २०७८, शनिवार ०९:५२ मा प्रकाशित

काठमाडौँ । कांग्रेस नेता शेखर कोइरालाले आन्तरिक निर्वाचनमा पराजय बेहोरे पनि आफ्नो एजेन्डाको जित भएको बताएका छन् । 

‘हार जित ठूलो कुरा होइन, मैले पुस्तान्तरण र रुपान्तरणको कुरा गरेको थिएँ, नेपालको राजनीतिमा त त्यो जरुरी नै थियो, आज मैले उठाएको एजेन्डाले जितेको छ, त्यसमा मलाई गर्व छ,’ कोइरालाले भने । 

चितवनको देवघाटमा शनिबार भएको कोइराला सेवा समाजको २६ औँ वार्षिक साधारणसभामा बोल्दै नेता कोइरालाले यो निर्वाचनमा भएको हारबाट आफूले धेरै कुरा सिकेको बताए । 

‘निर्वाचनमा हार जित हुन्छ, हारबाट मानिसले सिक्नुपर्छ । मैले पनि हारबाट धेरै कुरा सिकेँ उनले बताए । नेता कोइरालाले अब समाजलाई परिवर्तन गर्न नसक्ने हो भने राजनीति नगरे पनि हुने बताए ।