सांसद बाँस्कोटाः विकासको मानक केपी ‌ओलीबाहेक अरू होइनन्

न्युजलय २४ जेठ २०८०, बुधबार ०९:५२ मा प्रकाशित

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले विकासको मानक केपी ओलीबाहेक अरू प्रधानमन्त्री नभएको बताएका छन्।

उनले वर्तमान सरकारले ल्याएको बजेटमा आफ्ना दलका नेता ओलीले  गरेका टिप्पणीहरू सबै ग्रहण गरी परिमार्जन गरेर ल्याइए समर्थन गर्ने समेत बताए।   

‘त्यही केपी ओली सरकारले अगाडि सारेका सम्पूर्ण कृषी क्षेत्रका, पर्यटन, शिक्षा,स्वास्थ्य र विदेश सम्बन्धका सम्पूर्ण कुराहरूलाई  बजेटमा प्रेसित गरेर आउनुस् र त्यसलाई समृद्ध बनाउनुस्।  दुई हात उठाएर ताली पनि ठोक्छौं। नाचौँला पनि,’ उनले भने।

बाँस्कोटाले संसदमा प्रतिपक्षी दलका नेताले बोलेको कुरा सत्तापक्षले सुन्ने धैर्यता राख्नुपर्ने बताए।