काठमाडौं । व्यापारीक समुह बतासले पशुपतिनाथ परिसरमा धर्मशालाको नाममा आलिसान होटल चलाएको खुलासा भएको छ । पशुपति क्षेत्र विकास कोषअन्तर्गत रहेको उक्त होटल निरीक्षण गर्न पुगेका मन्त्री प्रेम आले नै छक्क परेका थिए । त्यहाँका केही कोठा भने खोल्न नमिल्ने भन्दै खोलिएन ।
्पशुपति दर्शनका लागि आउने भक्तजनलाई सहज होस् भनेर बनाइएको उक्त धर्मशालामा ‘स्पा’सहितका अत्याधुनिक कोठाहरू देखिएका छन् । उक्त धर्मशालामा एकरात बसेको ३५० देखि पाँच हजार ५०० सम्म पर्ने कोठा रहेका छन् ।
नेपाल–भारत मैत्री पशुपति धर्मशालाको उद्घाटन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ०७५ भदौ १५ गने उद्धाटन गरेका थिए । निरीक्षणको सकेपछि आलेले धर्मशाला सात स्टार होटलजस्तो बताएका छन् ।
उक्त होटल निमार्णका लागि भारत सरकारले २५ करोड भारतीय रूपैयाँ लगानी गरेको थियो भने बाकीँ पैसा नेपाल सरकारले खर्च गरेको थियो ।