काठमाडौ । वन कार्यालयका एक जना अधिकृतले लेखेको पुस्तकमा महिलालाई जोडेर आपत्तीजनक प्रश्न उल्लेख गरेको पाइएको छ ।
राम एकवाल दासले लेखेको ‘नेपाल वन सेवा दिगदर्शन गेमस्काउट वनरक्षक सफलताको साथी’ नामक पुस्तकमा उल्लेखित उक्त प्रश्नलाई लिएर तीव्र आलोचना भएको छ ।
विद्या विकास पब्लिकेसनले प्रकाशन गरेको पुस्तकको पेज नं. १ सय ४३ मा रहेको प्रश्न नं. १८ मा सोधेका छन्, ‘केटीलाई भालु किन भनिएको होला ?’
उनले सो प्रश्नको उत्तरको रुपमा चार वटा विकल्प दिएका छन् । ‘ए’मा पोथी भालुजस्तै व्यवहार गरेको भएर, ‘बि’मा पोथी भालुले एकपल्टमा धेरै भालेसँग संसर्ग गर्ने भएर, ‘सि’मा पोथी भालु बहुपति गामी हुन्छ र ‘डि’मा माथिका सबै भनेर विकल्प दिइएको छ ।
सामाजिक सञ्जालमा उक्त पुस्तकको फोटो भाइरल भएको छ । सञ्जाल प्रयोगकर्ताहरुले तीव्र आलोचना गरेका छन् ।