वीरगन्ज । जनता समाजवादी पार्टी (जसपा)को संघीय परिषद्को अध्यक्ष अशोक राई बनेका छन्।
वीरगन्जमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षको केन्द्रीय समिति बैठकले बिहीबार यसअघिका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराइलाई पदमुक्त गरेर उक्त पदमा पार्टीका वरिष्ठ नेता राईलाइ मनोनित गर्ने निर्णय गरेको हो।
यसअघि बिहीबार नै बैठकले संघीय परिषद अध्यक्ष भट्टराईसहित ९ जना नेतालाई कारबाही गरि पदमुक्त गर्ने निर्णय गरेको थियो।
पार्टी विरोधी गतिविधीमा लागेको भन्दै उनीहरुलाई कारवाही गर्दै पार्टीको पदीय जिम्मेवारीबाट मुक्त गरेको हो।
वीरगन्जमा दुई दिनसम्म चलेको अध्यक्ष यादव पक्षको बैठकले गरेका निर्णयहरु शुक्रबार बिहान वीरगन्जमै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने पार्टीका केन्द्रीय सदस्य समेत रहेका वन तथा वातावरण मन्त्री प्रदीप यादवले बताए ।