काठमाडौ । त्रिभुवन विश्वविद्यालयले माघ १० गतेसम्मका लागि अध्ययन अध्यापन बन्द गरेको छ ।
कोरोना सङ्क्रमणलाई नियन्त्रण गर्न यस्तो निर्णय गरिएको त्रिविले जनाएको छ । त्रिविको निर्णयसँगै मुलुकभरका अधिकांश शैक्षिक संस्थामा भौतिक उपस्थितिमा पढाइ बन्द भएको छ । परिक्षा भने जारी रहने बताइएको छ ।
सरकारले विद्यालय तहको पढाइ माघ १५ सम्मका लागि बन्द गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।