‘सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट आउँथ्यो’ : नेपाल

न्युजलय १३ असार २०७९, सोमबार ०८:१२ मा प्रकाशित

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले १६५ क्षेत्रमा नै उम्मेदवारको तयारी गर्न कार्यकर्ताहरुलाई निर्देशन दिएका छन् । उनले २० लाख भोट ल्याउने गरी तयारी गर्न आग्रह गरेका हुन् ।

पार्टीको पहिलो केन्द्रीय परिषद् बैठक उद्घाटन गर्दै नेपालले प्रत्येक कार्यकर्ता जनताको घर घरमा पुग्नुपर्ने बताए । बुथ–बुथ र टोलटोलमा कमिटी बनाउनसमेत आग्रह गरे ।

स्थानीय चुनावमा आफूहरूले २८ प्रतिशत मात्रै उम्मेदवार खडा गर्दा पनि ९ लाख मत प्राप्त गर्न सफल भएको अध्यक्ष नेपालले बताए । सबै ठाउँमा उम्मेदवार उठाएको भए २० लाख भोट सजिलै आउने बताए ।