कर वृद्विको विरोधमा इटहरीको वडामा तालाबन्दी

न्युजलय १६ असोज २०८०, मङ्गलबार ११:४८ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिका वडा नं. २ को कार्यालयमा तालाबन्दी गरिएको छ ।


मंगलबार (आज) दर्जन बढीको संख्यामा भेला भएका स्थानीयले कार्यालय खुल्नासाथ तालाबन्दी गरेका हुन् ।


अत्यधिक कर वृद्वि भएको भन्दै स्थानीयबासीहरूले  वडाकार्यालय नै तालाबन्दी गरेका हुन् । आज पहिलो दिन १० देखि १२ बजेसम्म तालाबन्दी गरेर वडा तथा उपमहानगरपालिकालाई सचेत गराएको स्थानीयहरुको भनाइ छ । 


मालपोत कार्यलय सुनसरीमा एकथरी मूल्यांकन भएपनि वडा कार्यालय र उपमहानगरले जथाभावी रूपमा घरबाटो सिफारिस कर लिएको विरोधमा आन्दोलित बनेको र स्थानीयले उठाएको माग सुनुवाइ नभए चरणबद्द रूपमा आन्दोलन गर्ने बताइएको छ ।