भारतमा थप ३ लाख ३७ हजार भन्दा बढीमा कोरोना संक्रमण

न्युजलय ८ माघ २०७८, शनिवार ०१:३२ मा प्रकाशित

एजेन्सी । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३७ हजार ७०४ जनामा संक्रमण देखिएको छ । 

हिजो (शुक्रबार) भन्दा ९ हजार ५५० जना कममा आज संक्रमण देखिएको हो। यस्तै, २ लाख ४२ हजार ६७६ जना संक्रमण मुक्त हुँदा कुल सक्रिय संक्रमितको संख्या २१ लाख १३ हजार ३६५ पुगेको जनाइएको छ। 

संक्रमणका कारण थप ४८८ जनाको मृत्यु भएको छ। हालसम्म भारतमा १० हजार ५० जनालाई ओमोक्रन भेरियन्ट पुष्टि भइसकेको छ।