सुन तस्करीविरुद्ध आवाज उठाइरहेका सांसद सुनिल शर्मा पक्राउ

न्युजलय २५ साउन २०८०, बिहिबार १०:२४ मा प्रकाशित

काठमाडौं । सुन तस्करीविरुद्ध आवाज उठाइरहेका नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको हो ।


प्रहरीले जानकारी दिन नचाहेपनि काँग्रेस केन्द्रिय सदस्य अजयबाबु शिवाकोटीले घटना सार्वजनिक गर्दै विरोध जनाएका छन् । सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री डा. प्रकाशरण महतमाथि नै अनुसन्धान गर्नुपर्ने भनेर वक्तव्यवाजी गर्दैै आएका शर्मालाई पक्राउ गर्नुको कारण खुलेको छैन । 


सांसद शर्मालाई नक्कली प्रमाणपत्र प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको समेत दावी गरिएको छ । शर्माविरुद्ध नक्कली प्रमाणपत्रका आधारमा डाक्टर लेखेको मुद्धा थियो । 


तर गुपचुप पक्राउ गरेपछि सुन तस्करीको विरोध र राजिनामा मागसँग जोडेर हेरिएको छ ।