कमल थापाको साथ छाडेका गुरुङ र पौडेल राप्रपामा फर्किए

न्युजलय ३१ जेठ २०७९, मङ्गलबार ०२:४४ मा प्रकाशित

काठमाडौं । कमल थापाले राप्रपा नेपाल गठन गरेपछि पार्टीमा लागेका उद्धव पौडेल र चन्द्रबहादुर गुरुङ पुरानै पार्टी राप्रपामा फर्किएका छन् । उनीहरुलाई सोमबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरेको एक नेताले जानकारी दिए । 


उनीहरु कमल थापाका विश्वास पात्र मानिने भएपनि थापाले राजतन्त्रको एजेण्डा छाडेपछि केही पहिले पार्टीबाट बाहिरिएका थिए ।

 

यो बीचमा निस्क्रिय बनेका उनीहरु फेरि सोमबार राप्रपामै फर्किएका हुन्। राप्रपाको एकता महाधिवेशन अघि दुबै नेताहरु पार्टीको महत्वपूर्ण भूमिकामा थिए । उनीहरुलाई अब के जिम्मेवारी दिने भन्नेबारे छलफलपछि निष्कर्षमा पुगिने राप्रपाको भनाइ छ ।