इटहरीमा तास खेलिरहेका तीन जना पक्राउ, डेढ लाख बरामद

न्युजलय १९ असोज २०८०, शुक्रबार ०८:२२ मा प्रकाशित

इटहरी । सुनसरीको इटहरीबाट तास खेलिरहेको अवस्थामा तीन जना पक्राउ परेका छन् ।


इलाका प्रहरी कार्यालय इटहरीले तास खेलिरहेका राम गिरि, दिपेन्द्र कार्की र अनिष दाहाललाई पक्राउ गरेको हो । 


मुख्य चोकमा रहेको बरण्डा होटेलमा तास खेलिरहेका उनीहरुको साथबाट नगद एकलाख पचास हजार बरामद भएको प्रहरीले जनाएको छ । 


५ जनाको समुह तास खेलिरहेको गोप्य सूचनाको आधारमा होटेलको ८०६ नम्बर कोठाबाट तीन जनालाई पक्राउ गरिएको र २ जना एटीएममा पैसा निकाल्न आएको बेला फरार भएको प्रहरीले जनाएको छ ।