झापा । बजारमा तीव्र प्रतिस्पर्धा, कम खपत र बैंक ऋणको चपेटका कारण झापाका सिमेन्ट उद्योगहरू बन्द हुन थालेका छन् ।
आठवटा सिमेन्ट उद्योग रहेको झापामा मित्तल, मनसा र सनराइज सिमेन्ट उद्योग पूर्ण रूपमा बन्द भइसकेका हुन् ।
जिल्लाकै पहिलो मित्तल सिमेन्ट उद्योग चार वर्षअघि बन्द भइसकेको छ । गोरखकाली, हिमालयज, मेघा, कञ्चनजंघा र काबेली सिमेन्ट उद्योगले मात्र आफ्नो उत्पादन जसोतसो बजारमा पठाइरहेका छन् ।
बैंकको ऋणको चपेटा र चर्को ब्याजदरका कारण उद्योगलाई निरन्तरता दिन नसकिएको उद्योगीहरुको भनाइ छ ।