टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

न्युजलय २९ पुस २०७८, बिहिबार ०९:५८ मा प्रकाशित

काठमाडौं । महाराजगञ्जस्थित टिचिङ अस्पतालका ६० जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण देखिएको छ।

चिकित्सक, आवासीय चिकित्सक, नर्स र अन्य कर्मचारी गरेर ६० जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएको अस्पतालका निर्देशक डाक्टर दिनेश काफ्लेले जानकारी दिए। 

अहिले पोजेटिभ आएका सबै स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेको बताइएको छ । ती मध्ये एक जनालाई भने वार्डमा भर्ना गरिएको छ। 

स्वास्थ्यकर्मी धमाधम संक्रमित हुन थालेपछि अस्पतालको सेवा प्रभावित भएको बताइएको छ ।