सन्दीप लामिछानेः ‘म्याच सकिएपछि नेपाल फर्किन्छु’

न्युजलय २३ भदौ २०७९, बिहिबार ०४:४६ मा प्रकाशित

काठमाडौं । बालिका बलात्कारको अभियोग लागेका नेपाली क्रिकेटका कप्तान सन्दीप लामिछानेले विदेशमा भएको म्याच सकिएपछि नेपाल फर्किने बताएका छन् ।

बुधवार क्रिकेट एशोसिएशन नेपाल (क्यान) का कार्यबाहक सचिव प्रशान्त मल्लले उनले क्यानलाई फोन गरेर आफू क्यारिबियन लिग सकेर नेपाल फर्किने बताएको जानकारी दिए ।

उनका अनुसार आफू निर्दोष भएको भन्दै कानूनी लडाइँका लागि कानून व्यवसायी खोजिदिन समेत सन्दीपले भनेका छन् ।