एमाले उपाध्यक्ष तथा पूर्व सभामुख सुवास नेम्वाङको निधन

न्युजलय २६ भदौ २०८०, मङ्गलबार १२:१४ मा प्रकाशित

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ। 

हृदयघातका कारण मंगलबार राति करिब २ बजे नेम्वाङको निधन भएको हो। बालुवाटरस्थित निवासमा हृदयघात भएपछि उनलाई महाराजगन्जस्थित टिचिङ अस्पताल लगिएको थियो। 

अस्पतालमा पुर्‍याउँदा उनको निधन भइसकेको चिकित्सकले बताएका छन्। नेम्वाङ संविधानसभा अध्यक्ष समेत हुन्।

नेम्वाङ २००९ फागुन २८ गते इलाममा जन्मिएका थिए। गएको मंसिर ४ गते भएको निर्वाचनमा उनी इलाम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।

पहिलो र दोस्रो संविधान सभाका अध्यक्ष र सभामुख बनेका नेम्वाङकै कार्यकालमा २०७२ असोज ३ गते संविधान जारी भएको थियो।