दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुई दर्जन बढी यात्रु घाइते

न्युजलय १९ असार २०७९, आइतबार ०७:५२ मा प्रकाशित

दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–८ मा दुई यात्रुवाहक बस एकापसमा ठोक्किँदा दुई दर्जनभन्दा बढी यात्रु घाइते भएका छन् ।

आइतबार(आज) दिउँसो काठमाडौंबाट दोलखातर्फ आउँदै गरेको प्रदेश ३–०१–००५ ख ९६९७ नम्बरको बस र विपरीत दिशाबाट काठमाडौं जाँदै गरेको बा ३ ख ७४६३ नम्बरको बस आपसमा ठोकिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घाइतेहरूको उद्धार कार्य भइरहेको र क्षतिको थप विवरण आउन बाँकी रहेको प्रहरीले जानकारी दिएको छ ।