आज बिहानै मनाङ एयरको हेलिकप्टर दुर्घटना

न्युजलय २७ असोज २०८०, शनिवार ०२:२५ मा प्रकाशित

काठमाडौं । मनाङ एयरको ९एन–एएनजे कलसाइन भएको हेलिकप्टर दुर्घटना भएको छ ।


हाइ अल्टिच्युडमा रहेका यात्रु ल्याउन आज बिहान ७ः१३ मिनेटमा रुम्झाटारबाट लोबुचे उडेको हेलिकप्टर दुर्घटना भएको हो । 



हेलिकप्टरमा पाइलटमात्रै थिए । नागरिक उड्डयन प्राधिकरण मुख्यालयका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार पाइलट पिके सेढाइलाई फिस्टेलको हेलिकप्टरले लुक्ला ल्याएको छ । उनलाई अहिले ह्याम्स हस्पिटल ल्याइँदैछ ।


अवतरणका क्रममा दुर्घटनामा परेको र यात्रु कोइ नभएको कारणले मानवीय क्षति नभएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।