काठमाडौं । काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग तथा ट्याक्सी वे मा रहेको घाँस काट्नकै लागि करोड बढी रकम खर्चिने भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले आगामी वर्षका लागि यस्तो कामका लागि टेन्डर आव्हान गरेको हो।
घाँस काट्नका लागि भनेर किनिएको मेसिन उपयोगबिहिन बनाएर ठेकेदार मार्फत काम गराएको भन्दै महालेखाले प्रश्न उठाउँदै आएको छ।
एक करोड ४० लाख रुपियाँ खर्चिएर आव २०७५/७६ मा ग्रास कटर खरिद गरिएको थियो। कटर किनेदेखि नै प्रयोगबिहिन अवस्थामा थन्काएको छ। डेढ करोडमा किनेको घाँस काट्ने मेसिन प्रयोगमै नल्याएको र दुई करोडमा किनेको विद्युतीय भर्याङलाई पनि किनेर ल्याएकै दिनदेखि प्रयोग बिहिन अवस्थामा फ्याँकिरहेको पाइएको छ।