स्कुल बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

न्युजलय ९ मङ्सिर २०८०, शनिवार ०७:०५ मा प्रकाशित

उदयपुर । उदयपुरस्थित अन्नपूर्ण स्कुलको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ । शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा दुर्घटना हुँदा दुई जना यात्रुको समेत मृत्यु भएको हो । विद्यार्थीहरु ७ वर्षे सन्ध्या चौधरी र ६ वर्षे विकास चौधरीको मृत्यु भएको छ ।


दुर्घटनामा बस चालक ४० वर्षीय भिखन चौधरीको घटनास्थलमा नै मृत्यु भएको थियो । बसमा सवार ३९ जना घाइते भएका छन् ।


जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार बनभोजबाट फर्कने क्रममा बस दुर्घटना भएको हो । 


घाइते विद्यार्थीको जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको छ भने गम्भीर घाइते पाँच जनालाई थप उपचारका लागि विराटनगर पठाइएको छ ।