काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले आफू नेपालको प्रधानमन्त्री बन्न योग्य रहेको बताएका छन् ।
एक निजि टेलिभिजनको कार्यक्रममा बोल्दै उनले आफू देशको प्रधानमन्त्री बन्न योग्य रहेको उल्लेख गरेका हुन् ।
कान्तिपुरको एक कार्यक्रममा थापालाई देशको प्रधानमन्त्री बन्न योग्य हुनुहुन्छ भन्दै प्रश्न सोधिएकोमा उनले आफ्नो योग्यता पुगेको र आफू बन्न चाहेको संकेत गरे ।
त्यस्तै उनले अब आफू प्रधानमन्त्री बन्न प्रयास गर्नेसमेत बताएका छन् ।
थापा समग्र देशको विषयमा प्रतिनिधिसभा बैठकमा खरो र दरो विषय उठाउने एक सांसद हुन् ।