सुनको मूल्य बढ्यो

न्युजलय २७ पुस २०८०, शुक्रबार ०१:३५ मा प्रकाशित

काठमाडौं । शुक्रबार(आज) सुनको मूल्य बढेको छ । सुनको मूल्य शुक्रबार तोलामा तीन सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य १ लाख १८ हजार ६ सय र तेजावी सुनको मूल्य १ लाख १८ हजार ५० रुपैयाँ तोकिएको छ ।

चाँदीको मूल्य भने घटेको छ । बिहीबार तोलामा १ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार १ हजार ४०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।