काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण अश्विकार गरेपछि राजीनामाको दबाब बढेको छ ।
पूर्व राष्ट्रपति डा. रामबरण यादवले पनि भण्डारीलाई राजीनामा दिन सुझाव दिएका छन् । पूर्व राष्ट्रपति यादवले विधेयक प्रमाणीकरण नगर्ने अधिकार राष्ट्रपतिलाई नभएको भन्दै भण्डारीले अनुचित कदम चालेको बताएका हुन् ।
आफ्ना केही व्यक्तिगत असन्तुष्टि भए पनि संविधानको संरक्षकका रुपमा त्यसको पूर्ण पालना गर्नु राष्ट्रपतिको कर्तव्य भएको भन्दै यादवले यो विषय न्यायिक परीक्षणको विषय समेत बन्ने बताए ।
संसद रहेको भए यो विषय महाअभियोगको विषय बन्ने भन्दै पूर्व राष्ट्रपति यादवले अबको विकल्प भने राष्ट्रपति भण्डारीको राजीनामा भएको उल्लेख गरेका छन् ।