एजेन्सी । जापानले रुसबाट कोइला आयातमा प्रतिबन्ध लगाएको छ । यूक्रेनमा आक्रमण गरी नागरिकको हत्या गर्नु र आणविक ऊर्जा केन्द्रलाई निशाना बनाउनु अन्तर्राष्ट्रिय मानवीय कानुनको उल्लङ्घन गरेको भन्दै जापानले कोइला आयात रोकेको हो ।
जापानको कुल कोइला आयातको ११ प्रतिशत रुसबाट आउने गरेको थियो । यसैबीच जापानले आठ जना रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको पनि जनाएको छ ।