एमसीसीविरुद्ध आज ३४ दलले विरोध प्रर्दशन गर्दै

न्युजलय १३ फाल्गुण २०७८, शुक्रबार ०५:३४ मा प्रकाशित

काठमाडौं । विभिन्न ३४ वटा राजनीति दलहरुले शुक्रबार(आज)एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएका छन् । 

एमसीसीका विषयमा आज बस्ने प्रतिनिधिसभा बैठकले छलफलपछि अनुमोदन गर्ने तयारी गरेपछि ती दलहरुले विरोधका कार्यक्रम राखेका हुन् ।

दलहरुले अधिकांश विरोध कार्यक्रम काठमाडौंको माइतिघरदेखि कोटेश्वरसम्म राखेका छन् । ठाउँको अभाव हुँदा एउटै स्थानमा पार्टीका कार्यक्रमहरु जुधेका छन् । 

एमसीसीविरुद्ध विरोध प्रदर्शनको आयोजना गर्नेमा सत्तारुढ दलदेखि साना दलसम्म रहेका छन् । विरोध प्रदर्शन गर्नेहरुले आज बानेश्वरस्थित प्रतिनिधिसभा भवनलाई तीन तिरबाट घेर्ने तयारी गरेका छन् ।