सुनको मूल्य घट्यो

न्युजलय २१ बैशाख २०८१, शुक्रबार १२:३२ मा प्रकाशित

काठमाडौँ । शुक्रबार (आज) सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजार १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज छापावाल सुन प्रतितोला १ लाख ३५ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन प्रतितोला १ लाख ३४ हजार ७५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदी प्रतितोला एक हजार ६४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।