विश्वकप कभर गरिरहेका कतारी फोटो पत्रकार खालिदको मृत्यु

न्युजलय २६ मङ्सिर २०७९, सोमबार १०:०१ मा प्रकाशित

काठमाडौं । कतारमा भइरहेको फूटबल विश्वकप कभर गर्न गएका अर्का एक पत्रकारको अकस्मात् मृत्यु भएको छ । 

अमेरिकी पत्रकार ग्रान्ट वाहलको मृत्यु भएको ४८ घन्टापछि कतारी फोटो पत्रकार खालिद अल–मिसलामको मृत्यु भएको हो । अल कास टीभीमा काम गर्ने खालिदको के कारणले मृत्यु भएको भनी खुलेको छैन । 

वाहल चाहिँ क्वार्टरफाइनलमा अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्सको खेल कभर गर्दै गर्दा हृदयघात भएर बितेका थिए । उनको शव सोमवार अमेरिका लगिँदैछ ।