सुनसरीमा कम तौल भेटिएको सुविधा ग्याँसले तिर्‍यो दुई लाख

न्युजलय ६ मङ्सिर २०८०, बुधबार ०१:०६ मा प्रकाशित

इटहरी । सुनसरीको इनरुवा नगरपालिकाले मारुती ग्यास उद्योग (सुविधा ग्याँस) लाई दुई लाख रुपैयाँ जरिवाना तिराएको छ ।

मारुती ग्यास उद्योग प्रा.लि. दुहबी–८ ले उत्पादन गरेको सुविधा ग्याँस तौलमा कम भएको अनुगमनको क्रममा पाइएपछि दुई लाख रुपैयाँ जरिवाना तिराइएको हो ।

इनरुवा नगरपालिकाका उपप्रमुख विनीताकुमारी मेहताको नेतृत्वको अनुगमन टोलीले गत असोज २५ गते इनरुवा बजारमा गरेको अनुगमनका क्रममा सुविधा ग्यासको ८० प्रतिशत सिलिन्डरमा कम तौल फेला पारेको थियो ।

ग्याँस कम्पनीले कारबाही अनुसारको जरिवाना बुझाएको इनरुवा नगरपालिकाका सूचना अधिकारी निरज पोखरेलले जानकारी दिए ।