चीनको युनानमा ५.५ म्याग्निच्युडको भूकम्प

न्युजलय १८ पुस २०७८, आइतबार ०३:१८ मा प्रकाशित

काठमाण्डौ । चीनको दक्षिणपश्चिमी युनान प्रान्तको लिजियाङ शहरमा ५.५ म्याग्निच्युडको भूकम्प गएको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ।

आइतबार दिउँसो ३ः०२ बजे भूकम्पको धक्का महसुस गरिएको सिन्ह्वाले जनाएको छ। हालसम्म कुनै हताहतको खबर छैन। थप विवरण आउँन बाँकी छ।