हेटौडा । नेपाल प्रेस युनियनको ९ औं राष्ट्रिय महाधिवेशन हेटौडामा सुरु भएको छ। महाधिवेशनको प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका हुन्।
नेपाली कांग्रेसनिकट पत्रकारहरुको संस्था प्रेस युनियनको यो महाधिवेशनबाट करिब आठ वर्षपछि नयाँ नेतृत्व चयन हुन लागेको हो।
प्रेस युनियनको भावी नेतृत्वका लागि संस्थापन पक्षवाट सभापतिमा अनिता बिन्दु र संस्थापन ईत्तर पक्षबाट शिव लम्सालले आ–आफनो दावेदारी प्रस्तुत गरेका छन् ।
यसैगरी, खुल्ला सचिवका लागि इटहरीका पवन अधिकारी, खगेन्द्र भण्डारी, तीर्थराज बस्नेत, लोकेन्द्र भट्टलगायत मैदानमा उत्रेका छन् ।