कोशीका मुख्यमन्त्री कार्कीलाई नेकपा एसले विश्वासको मत दिने

न्युजलय ३१ असोज २०८०, बुधबार ०९:४२ मा प्रकाशित

विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री केदार कार्कीलाई नेकपा एकीकृत समाजवादीले विश्वासको मत दिने भएको छ ।


गठबन्धनको सहमतिअनुसार विश्वासको मत दिन लागेको समाजवादीका केन्द्रीय सचिव तथा कोसी प्रदेशसभा संसदीय दलका नेता राजेन्द्र राईले बताएका हुन् । 


तर केन्द्रीय नेतृत्वबाट भने अहिलेसम्म कुनै निर्देशन आएको छैन । मुख्यमन्त्री कार्कीलाई विश्वासको मत दिन आधिकारिक निर्देशनको पर्खाइमा रहेको उनको भनाइ छ । गठबन्धनको निर्णय विपरीत एमालेको सहयोगमा मुख्यमन्त्री बनेका कार्कीले बुधबार विश्वासको मत लिने कार्यक्रम छ ।