कांग्रेस सभापतिमा पौडेलले उम्मेदवारी नदिने

न्युजलय २५ मङ्सिर २०७८, शनिवार ०६:०५ मा प्रकाशित

काठमाडौँ । कांग्रेस सभापतिमा रामचन्द्र पौडेलले उम्मेदवारी नदिने भएका छन्। 

शनिबार(आज ) बिहान कांग्रेस नेता कार्यकर्तासँगको छलफल पौडेलले संस्थापन इत्तरबाट कसैले अडान नछाडेपछि आफू सभापति पदबाट पछाडि हटेको बताएका हुन्।

पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु गएका थिए।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा शेरबहादुर देउवा र कृष्ण सिटौलापक्ष एउटै प्यानल बनाएर अगाडि बढेका थिए।

महाधिवेशनमा पनि उनीहरु एक भएर जाने सहमति भएको छ।